एनआई सी एशिया बैंकमा सुरु भयो ‘ईसेवा काउन्टर डिपोजिट सेवा’

108

असार ६,
काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो ईसेवाको खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ । हाल ग्राहकहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा ई–बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्ने प्रावधान रहेको थियो ।

तर अब ईसेवा काउन्टर डिपोजिटको सेवाबाट पनि ईसेवाको एजेन्ट तथा ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नै ईसेवामा रकम जम्मा गर्न सक्नेछन् ।