हेर्नुहोस् ‘गुलाबो सिताबो’मा अमिताभ बच्चनको लुक्स

86

एजेन्सी, असार ६,
काठमाडौँ । बलिउडका चर्चित नायक अभिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् । चलचित्रको काम भैरहँदा यसको निर्माणपक्षले नायक बच्चनको लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ । इन्टरनेटमा सार्वजनिक भएसँगै अमिताभको यो लुक्सको चर्चा भैरहेको छ ।

केही समय अगाडि अन्तरवार्तामा अभिताभले भनेका थिए–‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउनेछु ।’ त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको देखिन्छ ।