क्यानडा प्रिमियर लिगमा सन्दीप र सोमपाल छनौट

292

एजेन्सी, असार ६,
काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । बिहिबार राति भएको ड्राफ्टमा सन्दीपलाई टोरन्टो नेशनल टिमले अनुबन्ध गरेको हो ।

सन्दीपलाई टोरन्टोले ६० हजार अमेरिकी डलर खर्चिएको छ । सन्दीपको टोलीका भारतका चर्चित क्रिकेटर युवराज सिंह लगायत खेलाडी छन् । सन्दीपले गतबर्ष पनि ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।

उनले पाँच खेल खेल्दै आठ विकेट लिएका थिए । गतबर्ष सन्दीपलाई टाइगर्सले ४० हजार अमेरिकी डलरमा किनेको थियो । यसैगरी सोमपाल पहिलो पटक ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगको ड्राफ्टमा परेका हुन् ।

सोमपाललाई विनिपेग हक्सले न्युनतम तीन हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग आगमी जुलाई २५ देखि अगष्ट ११ तारिखसम्म सञ्चालन हुनेछ ।