लोभ,मोह र क्रोधवाट मुक्त हुन नियमित योग गर्नुपर्छ : प्रधानमन्त्री

145
फाइल तस्बिर

असार ६,
काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन् । लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताएका छन्। अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए । ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो’ प्रधानमन्त्री ओलीले भने ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको धारणा राखे ‘हामीले पाँच / छ हजार बर्ष पहिलेका मूर्तीहरु हे-यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन्’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचनाभएको उल्लेख गरे । ‘यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं तर अब त्यो अवस्था रहदैन’ प्रधानमन्त्री ओलीेले भने । देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको समेत बताए । तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।