Tuesday, September 29, 2026
Home अन्तर्राष्ट्रिय आफ्नै अंगरक्षकले गोली हान्दा इथियोपियाका प्रधानसेनापतिको मृत्यु

आफ्नै अंगरक्षकले गोली हान्दा इथियोपियाका प्रधानसेनापतिको मृत्यु

113

एजेन्सी, असार ८,
आदिस। इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिए । सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिए । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ ।

अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ । सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ । घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन । संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ । प्रधानमन्त्रीको कार्यालयले पनि इथियोपियाको दोस्रो ठूलो शहर अम्हारामा सैनिक विद्रोह भएको घोषणा गरेको थियो । मुलुकका नौ वटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो रहनुका साथै यसको सीमा सुडानसँग जोडिएको छ ।

आक्रमणमा जिम्मेवार पक्षका बारेमा थाहा भइनसकेको पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । इथियोपियालाई स्थायित्व दिने र सुधारतर्फ अग्रसर गराउने प्रधानमन्त्री अहमदको योजनामा पछिल्लो घटनाले ठूलो चोट पु¥याएको छ । प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रो असंवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ ।