नेप्से दोहोरो अंकले घट्यो

106

असार ८,
काठमाडौँ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । शेयर बजार १०.०१ अंकले घटेर १,२५४.३५ अंकमा कायम भएको छ । विकास बैंक, फाइनान्स र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ८५ अंकले घटेको छ । दिनभरिमा १ सय ७१ वटा कम्पनीको १५ लाख ७५ हजार ३ सय ४० कित्ता शेयर ५ हजार ६ सय ९ पटक अरिदविक्री हुँदा ४८ करोड १८ लाख ५९ हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी डिप्रोक्स लघुवित्त, चिलिमे हाइड्रोपावर, सिभिल बैंक प्रोमोटर शेयर र नेपाल बेंकको २ करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयर, प्रभु बैंक, सिद्धार्थ बेंक, सिवम् सिमेन्ट र छिमेक लघुवित्त प्रोमोटर शेयरको १ करोडमाथिको कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने स्वदेशी लघुवित्त र शिखर इन्स्योरेन्सका शेयरधनीले ६ प्रतिशतका दरले गुमाएका छन् ।