Thursday, July 23, 2026
Home Blog Page 1473
असार १५, काठमाडौँ । निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो । निजी कम्पनीले झण्डै तीन लाख रङ्गीन कार्ड छापिएकामा १३ हजार कार्ड अस्पस्ट रहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताए...
असार १५, काठमाडौँ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १२.२७ अंकले घटेर १,२४४.८९ अंकमा कायम भएको छ । आज सबै उपसुचक घटेका भएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ५९ अंकले घटेको छ । दिनभरिमा १ सय ७२ कम्पनीको २३ लाख ६१ हजार ५ सय कित्ता शेयर ७ हजार २ सय १ पटक खरिदविक्री...
असार १५, लुम्बिनी । विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ । धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि निकायले काम गरेका छैनन् ।धुलोका कारण श्वासप्रश्वासलगायत स्वास्थ्य समस्यासमेत...
असार १५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने स्पष्ट पारेका छन् । आइतबार राजधनीमा भएको एक साक्षात्कारमा बोल्दै नेता रावलले पार्टीको विधानमै जनताको जनवाद नीति अवलम्बन गरिएको सुनाए । उनले भने,‘यही कुरा शीर्ष नेताहरुबीच सहमति भएको...
असार १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड दिनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा यहाँ आज आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै उहाँले कृषिको आधुनिकीकरणसँगै बढीमात्रामा रोजगारीको अवसर सिर्जना हुने र बेरोजगारीको समस्या हल हुने बताउनुभयो ।नेपालको दुई तिहाइको जनसङ्ख्या अझै पनि परम्परागत कृषिमा अल्झिएको...
असार १५, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् । उनी गाेरखाकाे पालुङटार नगरपालिकास्थित खाेप्लाङ- ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् । जहाँ भट्टराई अरु किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भए । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ...
असार १५, काठमाडौं । भक्तपुरको चाँगुनारायणमा आइतबार दिउँसो धारिलो हतियारले घाँटी रेटेर एक महिलाको हत्या भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आफ्नै घरमा घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ। भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार आफ्नै घरको तल्लो तलाको एउटा कोठामा भट्टराईको हत्या भएको हो।मोटरसाइकलमा आएका तीन जनाको समूहले भट्टराईको हत्या गरेको हुन...
एजेन्सी, असार १५, बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ ।सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा...
एजेन्सी,असार १५, साना।यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरेका छन् । विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोनमार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् । दुबै ड्रोन आक्रमणबाट आभा र जिजान बिमानस्थलका बिमान ह्याङ्गरमा आक्रमण गरिएको विद्रोहीद्वारा संचालित मासिराह टेलिभिजनले जनाएको छ । विद्रोही समूहका सैनिक प्रवक्ता याह्या सारियाले...
असार १५, काठमाडौँ । फिल्म ‘प्रेमगीत ३’को चर्चा लामो समय देखि चलिरहेको छ । यस फिल्मको लागि नव नायिकाको खोजी गरिएको थियो । प्रेमको गीत बन्नको लागि २७ सय भन्दा बढिले आवेदन भरेका थिए भने २५ जना छनोट गरेर अडिसन गरिएको थियो । अन्तः प्रेम गीत ३ मा ‘गीत’ को भूमिकाका लागि अभिनेत्रीको टुंगो लागेको छ । अमेरिकामा बस्दै आएकी...