नेप्से दोहोरो अंकले घट्यो

45

असार १५,
काठमाडौँ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १२.२७ अंकले घटेर १,२४४.८९ अंकमा कायम भएको छ । आज सबै उपसुचक घटेका भएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ५९ अंकले घटेको छ । दिनभरिमा १ सय ७२ कम्पनीको २३ लाख ६१ हजार ५ सय कित्ता शेयर ७ हजार २ सय १ पटक खरिदविक्री हुँदा ६४ करोड ५० लाख ९९ हजार ३७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक प्रोमोटर शेयरको १० करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी नेपाल बैंकको ६ करोडमाथिको कारोबार भएको छ । सिवम् सिमेन्टको ५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंकको ३ करोडमाथिको कारोबार भएको छ । सिद्धार्थ बैंक, हिमालयन डिस्टीलरी पावर र नविल बैंकको १ करोडमाथिको कारोबानर भएको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् भने रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् ।