Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय फेरि साउदीका दुई विमानस्थलमा ड्रोन आक्रमण

फेरि साउदीका दुई विमानस्थलमा ड्रोन आक्रमण

231

एजेन्सी,असार १५,
साना।यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरेका छन् । विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोनमार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् । दुबै ड्रोन आक्रमणबाट आभा र जिजान बिमानस्थलका बिमान ह्याङ्गरमा आक्रमण गरिएको विद्रोहीद्वारा संचालित मासिराह टेलिभिजनले जनाएको छ । विद्रोही समूहका सैनिक प्रवक्ता याह्या सारियाले जारी गरेको विज्ञप्तिमा ड्रोनमार्फत बम आक्रमण गरिएको उल्लेख छ ।

विद्रोहीहरुले पछिल्ला दिनहरुमा साउदी अरेबियाका क्षेत्रीय बिमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तिब्र बनाएका छन् । साउदी अरेबियाले भने उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । साउदी समाचार संस्थाले हुथीद्वारा आभा बिमानस्थलमा गरिएको ड्रोन आक्रमणबाट गत साता एक जना सिरियाली नागरिकको ज्यान जानुका साथै अरु आठ जना घाइते भएका थिए । यस्तै, अर्को ड्रोन आक्रमणबाट आभा बिमानस्थलमा २६ जना घाइते भएका थिए । –सिन्ह्वा