Saturday, July 25, 2026
Home Blog Page 1447
असार २७, काभ्रे । काभ्रेको बनेपा नगरपालिका– ३ नालामा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पहिरोले पुरिदा स्थानीय रामप्रसाद दंगालकी श्रीमती ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको हो । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार घर माथिबाट आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।...
असार २७, काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गर्नुभएको छ । उहाँ श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुग्नुभएको थियो ।बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलङ्काका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलङ्का कम्युनिष्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट भएको नेकपाका...
असार २७, काठमाडौं । बिहीबार रातिदेखिको लगातार वर्षका कारण नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल ढलेको छ। सिंहदरबारलाई घेर्न बनाइएको पर्खाल ढलेपछि यातायात आवतजावतमा समस्या भएको छ। महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको। भूकम्प अघि नै बनेको उक्त पर्खाल जीर्ण बनेको थियो। मर्मत अभावमा जीर्ण बनेको पर्खाल ढलेको हो।...
असार २७, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् ।शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । सो बैठकको अध्यक्षता गर्नका...
असार २७, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ। नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए।विमान चिप्लिएर दुर्घटना भएपछि विमानमा रहेका दुई जना यात्रु घाइते बनेका छन् । उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको छ । यति एअरलाइन्सको...
असार २७, काठमाडौं । अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को छैटौं फिल्ममा निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई राणालाई अनुबन्ध गरेकी छन् । शुक्रबार परेको रेनशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ फिल्ममा उनलाई निर्देशकको रुपमा भित्राएकी हुन् । रेनशाले गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । यो फिल्मबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन्...
असार २७, काठमाडौं । नेपालकी प्रथम नायिका भुवन चन्दको निर्माणमा तयार भएको फिल्म ‘साइनो’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरhttps://www.youtube.com/watch?v=Rwp8RfsRJ1Aट्रेलरमा मिरुना मगर, राज कुमार र नीता ढुंगानाको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । फिल्ममा मिरुना, राज र नीतासँगै भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम...
असार २७, धरान । धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनका भतिजा डा रामहरि रौनियारसहित रु आठ लाख घुस लेनदेन हुँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले राससलाई जानकारी दिनुभयो ।उनीहरुलाई गए राति ८ बजे नियन्त्रणमा लिइएको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको...
असार २७, एजेन्सी । भान्छामा यताउती दौडिरहेको, भाँडाकुँडा चाहरिरहेको, दराजमा भित्र–बाहिर गरिरहेको साङ्लाबाट पार पाउन यदि तपाईंले हिजोमात्रै किटनाशक हाल्नुभएको र त्यसले केही असर गरेको छैन भने अचम्ममा नपर्नुहोस् । किनभने तपाईंको किटनाषक ती साङ्लामाथि बेअसर भएको छ ।हालै अमेरिकाको इन्डियानाको परड्यु युनिभर्सिटीका वैज्ञानिकले एक अध्ययन गरेका छन् जसमा साङ्लाले किटनाशक पचाउन थालेको पत्ता लगाएका छन् । अर्थात्, उनीहरुले किटनाषकबाट...
असार २७,काठमाडौं । तीन दिनदेखीको लगातारको वर्षाले देशभर जनजिवन अस्तव्यस्त भएको छ । कतै सडक अवरुद्ध भएर सर्वसाधरणले दुःख पाइरहेका छन् । रामेछापः बिहीबारदेखि परेको अविरल वर्षाका कारण रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको सेलेघाट र मसानटार सडक खन्डमा पहिरो गएको छ । गएराति गएको पहिरोको कारण रामेछापबाट काठमाडौं र तराईका विभिन्न जिल्लामा चल्ने यातायातका साधनहरू ठप्प भएका छन् ।...