Saturday, July 25, 2026
Home Blog Page 1446
असार २७, काठमाडौं । तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।...
असार २७, काठमाडौं । आउँदो भाद्र ६ गतेलाई ‘रिलिज डेट’ तय गरेको फिल्म ’हजार जुनीसम्म’को सुकुटी साँधन साउनी बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपाश्री निरौलासँगै आर्यन सिग्देल देखिएका छन् । यी दुईलाई नृत्य गरिरहेको देख्न सकिन्छ। साथमा शिवहरी पौडेल पनि छन्। तीन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै गरेको देखिएकी छन्। गीतमा...
एजेन्सी, असार २७ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताउनुभएको छ । उहाँले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भन्नुभयो । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै “मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन । यस्ता मुद्राको मूल्य निकै अस्थिर र अनुमानयोग्य छैन” भन्नुभयो...
एजेन्सी, असार २७, काठमाण्डौं । बिजनेस म्यागजिन 'फोर्ब्स' ले दुनियाँभरमा एक वर्षमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । यसमा भारतबाट बलिउड अभिनेता अक्षय कुमार मात्र परेका छन् । यसपटक यो लिस्टबाट अभिनेता सलमान खान बाहिरिएका छन् । यसअघि सबैभन्दा धेरै कमाउने सेलिब्रेटीको सूचीमा बलिउडबाट सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमार पर्ने परेका थिए...
एजेन्सी, असार २७, काठमाडौं । अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको एक जिल्लामा तालिबानहरुले भीषण आतङ्कककारी आक्रमण गरेका छन् । त्यस आक्रमणमा ठूलो क्षतिको आशङ्का गरिएको अधिकारीहरुले जनाएका छन् । पूर्वी अफगानिस्तानमा अवस्थित उक्त प्रान्तको पाचिर आगम जिल्लामा सो आक्रमण भएको बताइएको छ । उक्त जिल्लामा बस्ने अफगानिस्तानका सरकार समर्थित लडाकूहरुका एकजना कमाण्डर मालिक टुरको घरमा सो आतङ्ककारी आक्रमण...
असार २७, काठमाडौं । देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म मुलुकका विभिन्न ठाउँमा ६ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार तराईं र पहाडका गरी ११ जिल्ला वर्षाका कारण बढी प्रभावित छन् । प्रहरी केन्द्रीय कार्यालयका अनुसार तराईंका सुनसरी, महोत्तरी, रौतहट, धनुषा, चितवन तथा पहाडी जिल्ला सिन्धुली बाढीबाट...
असार २७, काठमाडौं । मनसुन अति सक्रिय रहेका कारण अझै दुईदेखि ३ दिनसम्म लगातार वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यून चापीय रेखामा रहेका कारण यसको असर तराईका साथै मध्य तथा पूर्वी भूभागमा अझै वर्षा भइरहने सम्भावना रहेको विभागले जनाएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमानअसार २७ गते (शुक्रबार)दिउँसो: देशभर अधिकांश बदली रही...
असार २७, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उनका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि ९असार २४ गते राति० उपचारका क्रममा भारतमा मृत्यु...
असार २७, काठमाडौं । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा...
असार २७, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पूर्व अध्यक्ष राजेन्द्र बराललाई सम्मान गरेको छ । बिहीबारदेखि राजधानीमा सुरु भएको १३ औं इक्यान शैक्षिक मेलाको उद्घाटनमा बराललाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खादा ओढाएर सम्मान गरे । १३ वर्षदेखि निरन्तर यस क्षेत्रमा क्रियाशिल बराल इक्यानमा २ वटा कार्यकालमा अध्यक्षका रुपमा सेवा गरेका थिए ।एजुकेशन कन्सलटेन्सी क्षेत्रलाई नियमन...