असार २७,
काठमाडौं । नेपालकी प्रथम नायिका भुवन चन्दको निर्माणमा तयार भएको फिल्म ‘साइनो’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर
ट्रेलरमा मिरुना मगर, राज कुमार र नीता ढुंगानाको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । फिल्ममा मिरुना, राज र नीतासँगै भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आर्चाय, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा अभिमन्यु ‘निरवी’ले तयार पारेका हुन् ।