काभ्रेमा पहिरो जाँदा दुई जनाको मृत्यु, तीन घाइते

365

असार २७,
काभ्रे । काभ्रेको बनेपा नगरपालिका– ३ नालामा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पहिरोले पुरिदा स्थानीय रामप्रसाद दंगालकी श्रीमती ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको हो । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार घर माथिबाट आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । पहिरोले पुरिदा सुशीला दंगाल, अनुस्का दंगाल र अर्का एक जना घाइते भएका छन् ।

उता, काभ्रेको कोशीपारी चौरीदेउराली गाउँपालिका–४ मजुवामा पहिरोले ३ घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । काभ्रेको कोशीपारी डाडापारी जोड्ने मुख्य सडकहरु वर्षाका कारण अवरुद्ध भएका छन् ।