असार २९,
काठमाडौं । लगातार अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ । उक्त बाढी पहिरोमा परी काठमाडौंमा तीन जना, ललितपुरमा र भोजपुरमा पाँच÷पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन÷तीन जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा दुई÷दुई जना को मृत्यु भएको नेपाल...
असार २९,
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुंगलबाट ४ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार रोल्पा घर भइ सतुंगल बस्दै आएका ५५ वर्षीय बाबुराम रोक्कासहित ४ जना जुवाडे पक्राउ परेका हुन् ।उनीहरुको साथबाट ४ हजार २ सय ५० रुपैयाँ नगद र ३ बुक तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ...
एजेन्सी, असार २९,
काठमाडौं ।भारतीय नायक सलमान खानले बलिउडमा आफूसहित जम्मा पाँचजना मात्र सेलिब्रिटी भएको बताएका छन् । उनका अनुसार यी पाँचजनाको सूचीमा उनीलगायत शाहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन पर्छन् । उनले धेरै समयसम्म स्टारडमलाई कायम राखिराख्न निकै गाह्रो भएको बताएका छन् ।फिल्मफेयरसँगको अन्तरवार्तामा सलमानले भने, ‘अन्ततः स्टारडम बिलिन भएर जान्छ । धेरै समयसम्म यसलाई निरन्तरता...
असार २९,
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । यही २७ गते शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक दलका सदस्यसहित ६६ यात्रु सवार उक्त विमान धावनमार्गमा चिप्लिएर करीब १०० मिटर पर धाँसेमैदानमा धस्सिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका प्राविधिकलगायतको टोलीले झण्डै आठ घण्टाको प्रयासपछि जहाजलाई तानेर...
असार २९,
विराटनगर । अत्यधिक वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्र नै डुबानमा परेको छ। वितरण केन्द्र नै डुबानमा परेपछि विराटनगर क्षेत्रमा विद्युत् वितरण बन्द गरिएको छ। प्राधिकरणको विराटनगर वितरण शाखाले शनिबार अबेर सूचना जारी गर्दै सेवा बन्द गर्ने जानकारी दिएको हो। प्राधिकरण विराटनगर वितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालय हाताभित्र तथा प्रशासनिक भवनको कार्यालयभित्र एक फिट पानी जमेको प्राधिकरणले...
असार २९,
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बाढी पहिरोले प्रभावित क्षेत्रमा उद्दारमा महत्वपूर्ण साधन टेलिफोन नेटवर्क व्यस्त नराख्न आग्रह गरेको छ । प्राधिकरणका अनुसार अविरल वर्षा र त्यसपछि आएको बाढीले प्रदेश नं १ र २ मा अप्टिकल फाइबर चुडिएको तथा विद्यूत आपूर्ति नहुँदा ठूलो संख्यामा बीटीएस टावर बन्द भएका छन् ।यस अवस्थामा प्राधिकरणले वैकल्पिक उपाय अवलम्बन गरी दूरसञ्चार सेवा संचालनमा...
असार २९,
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उहाँले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।“लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचना जान नसक्नु दुःखद कुरा...
असार २९,
काठमाडौं । लोकलयमा आधारित चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक भएको छ । यो गीतमा राजेशपायल राई र श्रेया राइको स्वर, विनोद खुम्बुको संगीत, लोकराज अधिकारीको शब्द छ । सामाजिक प्रेमकथामा यो चलचित्र तयार भएको छ । चलचित्रमा नायिका केकी अधिकारी, कोसिस क्षेत्री र वुद्दि तामाङको मुख्य भूमिका छ । सार्वजनिक गीतको भिडियोलाई गोबिन्द राइले कोरियोग्राफी गरेका हुन्...
असार २९,
काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो कार्यकाल सकिनुअघिनै राजीनामा दिएका हुन्।राजदूत प्याकुरेलले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीमार्फत् नेपाल सरकारलाई पठाएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत पनि गरिसकेको छ। ‘उहाँले राजीनामा दिनुभएको छ र त्यसलाई नेपाल सरकारबाट स्वीकृत भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले जानकारी गराइका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ वैशाखमा प्याकुरेललाई श्रीलंकाका लागि राजदूतमा...
असार २९,
काठमाडौं । आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको हो।
आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको मलेसियाको ३ विकेट बचेको थियो। तर नेपालका अभिनास बोहराले अन्तिम ओभरमा ७ रन मात्र दिँदा मलेसियाले...










