हेर्नुहोस् केकी र कोशिशको ‘रातो गलबन्दी’ (भिडियो)

291

असार २९,
काठमाडौं । लोकलयमा आधारित चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक भएको छ । यो गीतमा राजेशपायल राई र श्रेया राइको स्वर, विनोद खुम्बुको संगीत, लोकराज अधिकारीको शब्द छ । सामाजिक प्रेमकथामा यो चलचित्र तयार भएको छ । चलचित्रमा नायिका केकी अधिकारी, कोसिस क्षेत्री र वुद्दि तामाङको मुख्य भूमिका छ । सार्वजनिक गीतको भिडियोलाई गोबिन्द राइले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रलाई नव–निर्देशक अनिश थापाले निर्देशन गरेका हुन् । हेर्नुहोस् भिडियो

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा किरण माइकलको लेखन, हिमाल कडरियाको कथा, सुमन तामाङको छायांकन, अष्ट महर्जनको एक्सन छ । निर्देशक थापाले चलचित्रलाई मनोरञ्जन र सन्देशमा केन्द्रित रहेर तयार पारिएको बताए । चलचित्रको छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिएको छ । साउन १७ गतेबाट देशभर प्रदर्शन हुन गईरहेको छ ।