सतुंगलबाट ४ जना जुवाडे पक्राउ

151

असार २९,
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुंगलबाट ४ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार रोल्पा घर भइ सतुंगल बस्दै आएका ५५ वर्षीय बाबुराम रोक्कासहित ४ जना जुवाडे पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४ हजार २ सय ५० रुपैयाँ नगद र ३ बुक तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।