Saturday, July 25, 2026
Home Blog Page 1443
असार २९, काठमाडौं । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका...
एजेन्सी, असार २९, काठमाडौं । रेसलर जोन सिना सोसल मिडियामा अनौठा सामग्री पस्किनका लागि चर्चित छन् । उनले विभिन्न समयमा शाहरुख खानदेखि विराट कोहलीसम्मका भनाई कुनै सन्दर्भ बिना नै सेयर गरेका छन् । यसपटक पनि उनले भारतीय नायिका शिल्पा शेट्टीको तस्बिर पोष्ट गरेका छन्, तर यसमार्फत् उनले के भन्न खोजेका हुन्, त्यो कसैले बुझ्न सकेका छैनन् ।पछिल्लो पोष्टमा जोन सिनाले...
असार २९, काठमाडौं । सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए।आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको...
बीबीसी, असार २९, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि पूर्वी नाकाहुँदै नेपाल भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादीको अवशेष मापन पुन: सुरु भएको छ। शुक्रवार अपराह्नदेखि विषादी मापन पुनः थालिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन्। उनले भनिन्, 'मन्त्रिपरिषद्‍ले विषादी मापन कार्य रोक्ने भनेपछि केही दिन नमुना आएन। सर्वोच्च अदालतले मापन गर्ने काम नरोक्नू भनेर आदेश...
असार २९, विराटनगर। सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताउनुभयो । नौ लाख क्यूसेक...
असार २९,काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशका पूर्वी र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ।असार २९ गते दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने...
असार २९, काठमाडौं । शिवहरि पौडेल हास्य कलाकारितामा स्थापित नाम हो । हास्यश्रृंखला जिरे खुर्सानीका निर्देशक तथा अभिनेता पौडेल ‘प्वाक्क मुखमा हान्नु’ थेगोका कारण परिचित छन् । हास्य कलाकारितामा रमाइरहेका अधिकांश कलाकार चलचित्रको अभिनय, निर्माण तथा निर्देशनमा व्यस्त भैरहेका बेला कलाकार पौडेल भने हालका मितिसम्म अभिनयमा मात्र सीमित थिए । दीपक–दीपाको क्याम्पका अधिकांश चलचित्रमा अभिनय गरेका पौडेल अब भने निर्देशकका रूपमा दर्शकमाझ...
काठमाडौं । बेलायतका करिब एक दर्जन युवा–युवतीले नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् भने केही राम्रैसँग स्थापित समेत भएका छन् । यही भीडमा छिन्— भाविका उप्रेती । दस वर्षकै उमेरमा बेलायत पुगेकी भाविका सानैदेखि नृत्य एवं अभिनयमा रुचि राख्थिन् । प्रेम गीतको तेस्रो संस्करणको नायिकाका लागि २ हजार ७ सय १४ जनाबाट टप २५ मा पर्न सफल ५ फिट ३...
असार २९, नयाँदिल्ली । गत जुलाइ ५ मा नयाँदिल्लीबाट एक महिला हराएपछि उक्त घटना समाचारकै रुपमा सार्वजनिक भयो । कोमल तलान नामकी ती महिलाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो । एक बिमा कम्पनीको ‘ट्रेनिङ म्यानेजर’को रुपमा कार्यरत कोमल आफ्नो कारसहित हराइरहेकी थिइन् । प्रहरीले खोजी गर्दा उनको कार उत्तर प्रदेशको घाजियाबादस्थित हिन्दोन ब्रिज नजिकै पार्क गरिराखेको अवस्थामा भोलिपल्ट जुलाइ...
असार २९, काठमाडौं । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने...