Thursday, October 1, 2026
Home समाचार श्रीलंकाका लागि नेपाली राजदूत प्याकुरेल द्धारा राजीनामा

श्रीलंकाका लागि नेपाली राजदूत प्याकुरेल द्धारा राजीनामा

660

असार २९,
काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो कार्यकाल सकिनुअघिनै राजीनामा दिएका हुन्।

राजदूत प्याकुरेलले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीमार्फत् नेपाल सरकारलाई पठाएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत पनि गरिसकेको छ। ‘उहाँले राजीनामा दिनुभएको छ र त्यसलाई नेपाल सरकारबाट स्वीकृत भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले जानकारी गराइका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ वैशाखमा प्याकुरेललाई श्रीलंकाका लागि राजदूतमा नियुक्त गरेकी थिइन्। उनलाई शेरबहादुर देउवाको सरकारले राजदूतमा सिफारिस गरेको थियो।