Sunday, July 26, 2026
Home Blog Page 1435
साउन १, भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बुधबारबाट श्रावणी मेला सुरु भएको छ । आज विहान पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो । सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अबस्थित उक्त मन्दिरमा बुधबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका कोषाध्यक्ष...
साउन १, काठमाडौं । नेपाल टेलिकमले आफ्ना इन्टरनेट सेवामा शुल्क निर्णय गरेको छ। सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले आजदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशत शुल्क बढाए पनि नेपाल टेलिकमले भने पुरानै शुल्कमा सेवा दिने भएको हो।सरकारले इन्टरनेट सेवामा मूल्य बढाउने निर्णय गरे पनि ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी टेलिकमले इन्टरनेट सेवामा कुनै मूल्य नबढाउने कम्पनीले जनाएको छ।सेवाग्राहीलाई अझ बढी सहुलियत...
साउन १, काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ को पहिलो दिन बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । बुधवार चाँदी भने बीस रुपैयाँले बढेको छ । बुधवार चाँदी तोलामा ७४५...
एजेन्सी, साउन १, काठमाडौं । बलिउड स्टार सलमान खानका लाखौं प्रशंसक छन् । सलमान खानकी एक विशेष रुपमा सक्षम प्रशंसकले उनको सुन्दर तस्बिर बनाएकी छिन् ।भुइँमा बसिरहेकी ती प्रशंसकले मोबाइलमा सलमान खानको फोटो खोलेर राखेकी छिन् र त्यो हेरेर उनी पेन्टिङ बनाइरहेकी छिन् । सलमान खानले भिडियो सेयर गर्दै लेखेका छन्, ‘भगवानले तिमीलाई खुसी राखुन् । यो प्रेमको बदलामा के...
एजेन्सी, साउन १, काठमाडौं । माथिको चित्रमा देखिएको बोको मलेसियाको इन्टरनेटमा भयंकर हिट भएको छ । किसानले बोकोको सुन्दर कपाल र दाह्रीसहितको तस्वीर अन्लाइनमा राखेपछि धेरैले मन पराएका छन् ।बोकोको नाम रामोस हो । रामोसका मालिक अहमद फादजिर हुन् र उनी पेराक राज्यको केराई शहरमा बस्छन् । सेतो बोकोले क्यामराका लागि पोज दिन मन पराउने अहमद बनाउँछन् । यो बोको...
साउन १, काठमाडौं । सरकारले चिकित्सा शिक्ष आयोगको उपाध्यक्षका लािग पुनः दरखास्त आह्वान गरेको छ। आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले यसअघि आवेदन हालेका ६ जनाको दरखास्त रद्द गर्दै पुनः दरखास्त हाल्न सूचना जारी गरेको हो। नयाँ सूचना अनुसार साउन १५ गतेसम्म उपाध्यक्षका लागि इच्छुक उम्मेदवारले आवश्यक प्रक्रिया पुरा गरी दरखास्त हाल्न सक्नेछन्। नयाँ सूचनामा उपाध्यक्षका लागि...
एजेन्सी, साउन १ वासिङ्टन ।चार महिला सांसदमाथि जातीवादी टिप्पणीपछि अमेरिकाको प्रतिनिधी सभाले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विरोध प्रस्ताव पारित गरेको छ। प्रस्तावमा ट्रम्पको टिप्पणीलाई जातीवादी बताउँदै यसले नयाँ अमेरिकीहरुप्रति भय र घृणालाई वैध गरेको बताइएको छ। १ सय ८७ डेमोक्रेटिक सदस्य भएको प्रतिनिधी सभामा यो प्रस्ताव २ सय ४० भोटले पास भयो। यसमा रिपब्लिकनहरुले समेत यसमा समर्थन जनाएका छन्। अमेरिकाका...
साउन १, काठमाडौं । बाढीपहिरोले पुर्‍याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली तराई मधेसका जिल्ला गएको हो ।टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि...
एजेन्सी, साउन १, मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘दवँग–३’का लागि नयाँ नायिका रोजेका छन् । यो फिल्ममा सोनाक्षी सिन्हा नायिका छिन् । सलमानको चरित्र चुलबुल पाण्डेको यो फिल्ममा युवा अवस्था र वयस्क अवस्था प्रस्तुत गरिँदैछ । वयस्क सलमानको पत्नीको भूमिकामा सोनाक्षी सिन्हा हुनेछिन् । युवा सलमानको नायिकाको रूपमा यो फिल्मका लागि नव अभिनेत्री अश्वामी...
साउन १, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको...