अरु कम्पनीले इन्टरनेटको मूल्य बढाउँदा टेलिकमले नबढाउने

117

साउन १,
काठमाडौं । नेपाल टेलिकमले आफ्ना इन्टरनेट सेवामा शुल्क निर्णय गरेको छ। सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले आजदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशत शुल्क बढाए पनि नेपाल टेलिकमले भने पुरानै शुल्कमा सेवा दिने भएको हो।सरकारले इन्टरनेट सेवामा मूल्य बढाउने निर्णय गरे पनि ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी टेलिकमले इन्टरनेट सेवामा कुनै मूल्य नबढाउने कम्पनीले जनाएको छ।

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन टेलिकमले समर अफर लगायतका सेवाहरुमा थप सहुलियत प्याकेजहरु प्रस्तुत गरीरहेको कम्पनीको भनाइ छ। टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ। टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ।