यस्तो छ आजको सुनचाँदीको मूल्य

306

साउन १,
काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ को पहिलो दिन बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । बुधवार चाँदी भने बीस रुपैयाँले बढेको छ । बुधवार चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भएको छ ।