Tuesday, September 29, 2026
Home अन्तर्राष्ट्रिय अमेरिकी सदनले पारित गर्‍यो ट्रम्पमाथिको विरोध प्रस्ताव

अमेरिकी सदनले पारित गर्‍यो ट्रम्पमाथिको विरोध प्रस्ताव

88

एजेन्सी, साउन १
वासिङ्टन ।चार महिला सांसदमाथि जातीवादी टिप्पणीपछि अमेरिकाको प्रतिनिधी सभाले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विरोध प्रस्ताव पारित गरेको छ। प्रस्तावमा ट्रम्पको टिप्पणीलाई जातीवादी बताउँदै यसले नयाँ अमेरिकीहरुप्रति भय र घृणालाई वैध गरेको बताइएको छ। १ सय ८७ डेमोक्रेटिक सदस्य भएको प्रतिनिधी सभामा यो प्रस्ताव २ सय ४० भोटले पास भयो। यसमा रिपब्लिकनहरुले समेत यसमा समर्थन जनाएका छन्। अमेरिकाका राष्ट्रपति ट्रम्पले चार महिला सांसदमाथि गरिएको ट्वीटर हमलाको व्यापक आलोचना भइरहेको छ, मानिसहरुले ट्रम्पलाई जातीवादीको संज्ञा दिइरहेका छन्।

राष्ट्रपति ट्रम्पले आफू कुनै पनि हालतमा जातीवादी नभएको कुरा दोहो¥याउँदै आएका छन्। ट्रम्पले चार महिला सांसदलाई अमेरिका छाड्न सल्लाह दिएका थिए। उनीहरु अमेरिकी नागरिक नै थिए। आफ्नोविरुद्ध आलोचना बढ्दै गएपछि आफ्नो बचाउ गर्दै आफुले गरेको ट्वीट जातीवादी नभएको तथा जातीवादको आफुले समर्थन नगर्ने बताएका छन्।