साउन १२,
काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी(२० विश्वकप सपना अधुरै रहृयो । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए ।...
राजधानी दैनिक
साउन १२, काठमाडौं । अदालतका स्रेस्तेदार र कर्मचारीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ । उनीहरूले सरकारले दिएको सेतो प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरेर व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरेको पाइएको हो । ऋण असुली पुनरावेदन न्यायाधीकरणले सरकारी गाडीलाई रातो प्लेट बा१७च ५७३८ नम्बर बनाएर चलाएको पाइएको छ । सो गाडी ऋण असुली...
कान्तिपुर दैनिक
साउन १२,
कपिलवस्तु । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब बढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए । राष्ट्रिय वाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छाडेर उनी कपिलवस्तुको सीमावर्ती...
अन्नपूर्ण पोष्ट
साउन १२,
काठमाडौं । साउन ४ गते कर्णाली व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वरप्रसाद शाह, इन्जिनियर हरिप्रसाद चौधरी र सवारीचालक टंकप्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ गर्यो। तारजाली भरेको रकम भुक्तानीबापत् उनीहरूले घुस लिएका थिए। उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।-सिरहाको गोलबजार नगरपालिकाका सब(इन्जिनियर उमा ...
नेपाल समाचारपत्र
साउन १२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर हुनुभएको छैन । पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट काजमा मन्त्रालय आउनुभएका ढकाललाई प्रदेश नम्बर–२ धनुषाको नगराइन नगरपालिकाको शिक्षा शाखामा समायोजन गरिएको थियो । तर प्रदेश सरकार मातहतमा रहेको स्थानीय निकायमा समायोजन भएको कर्मचारीलाई संघीय सरकारले...
– महेश बस्नेतनिर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत योजना छनौट गर्ने पनि एउटा निश्चित मापदण्ड बनाएको छ । जसअनुसार कम्तिमा ५० लाख भन्दा ठूला दुईवटा योजना अनिवार्य छान्नुपर्छ भने २० वटा भन्दा बढी योजना छान्न पाइँदैन । प्रस्तावित योजना छनौट गर्दा १० लाख भन्दा घटीको योजना छान्न पाइँदैन । यसमा मूख्य रुपमा पूर्वाधार विकासका योजना बाहेक अरु योजना छान्न...
नेपाल समाचारपत्र
साउन १२, काठमाडौं । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उहाँले पार्टीका...
एजेन्सी । सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुराबुहारी पो परेछन् । एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै...
साउन ११,
भक्तपुर । भक्तपुरमा भएको सडक दुर्घटनामा एक जना बालकको मृत्यु भएको छ ।
शनिबार दिउँस सूर्यबिनायक नगरपालिका वडा नम्बर ५ घलाते चोकमा काठमाडौबाट भक्तपुर तर्फ आउदै गरेको बा.९५ प ९४३५ नं मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा नौ वर्षका बालकको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलले पैदल यात्री सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका गैरी गाँउ घर भई सूर्यविनायक...
राजधानी दैनिक
साउन ११, काठमाडौं । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालपिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ । केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम लिने गरेको पाइएको हो । अस्पताल सञ्चालनलगायतका विभिन्न बहाना देखाउँदै बिरामीबाट एक हजार रुपैयाँसम्म बढी शुल्क लिने गरिएको पीडित बिरामीको गुनासो छ । अस्पतालले बिरामीसँग लिने शुल्क...










