Monday, July 27, 2026
Home Blog Page 1409
साउन ११, काठमाडौं चलचित्रका अभिनेता/अभिनेत्री हुन् वा म्युजिक भिडियोमा अभिनय गर्ने नर्तक/नृत्यांगना, अलिकति चर्चामा आउनेबित्तिकै उनीहरू एक खालको नखरा देखाउन थालिहाल्छन् । यस्तै घमन्ड मोडल तथा नृत्यांगना अन्जली अधिकारीमा पनि देखा पर्न थालेको बताइन्छ । विगत चार वर्षदेखि म्युजिक भिडियोमा व्यस्त अधिकारी एक वर्ष अघि सार्वजनिक भएको बोलमाया गीतको भिडियोबाट आमदर्शकको नजरमा परेकी हुन् भने गलबन्दीले उनलाई थप चर्चामा ल्यायो । त्यससँगै अन्जलीको...
कान्तिपुर दैनिक साउन ११, काठमाडौँ । बर्दियाका उमेश थारू स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुगमन विभाग (एसफडी) पुगेका थिए । उनी कार्यरत साइमा समूह कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो । कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी तलब छाडी घर फिर्नका लागि आफैंले टिकट काटेर विभाग पुगे । तर विभागले उनलाई नेपालको होइन, अदालतको बाटो देखाइदियो । विभागले कतारमा कार्यरत...
अन्नपूर्ण पोष्ट साउन ११, काठमाडौं । सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं संशोधन गर्न लागिएको हो। भित्री मधेससमेत तराईमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी, उपत्यकाबाहेक पहाडी क्षेत्रमा ७० रोपनी हदबन्दी तोकिएको...
अन्नपूर्णपोष्ट साउन ११, रौतहट, गौर । लालबकैया नदीको टिकुलिया घाटमा पक्की पुल निर्माण अलपत्र छ। पुल नबनेकाले रौतहटका गौर र इशनाथ नगरपालिका क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्छन्। इशनाथका चार वडासँग बाढीका बेला केही दिन सम्पर्कसमेत टुट्यो। सदरमुकाम गौरबाट उद्धार टोली समयमा पुग्न सकेन। ‘नदीमा ठूलो बाढी आयो’, बन्जाराका स्थानीयसमेत रहेका कार्यपालिका सदस्य ग्रिसनन्दन सिंहले भने, ‘डुंगासमेत चलाउने अवस्था...
नयाँ नेपाल न्यूज भौगोलिक दृष्टीकोणले नेपालमा तीन प्रकारका भूगोल छन् । हिमाल, पहाड र तराई । हिमाली भूभागमा भन्दा पनि पहाडमा पहिरो र तराईमा डुबानको समस्याले जनता समस्यामा छन् । हरेक वर्ष पहिरोमा सयौं बस्ती बग्छ, अनि डुब्छ । तर यस्तो समस्या सबैको भएपनि राज्यले सचेतना जगाउन सकेको देखिदैंन् । यस्ता कारणले बग्छ देशः बन विनाश, चुरे दोहन, नदि दोहनले पहाड...
साउन १०, काठमाडौ । नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुशन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । संगठनले घट्ना भएको एक वर्षपछि पुनः उक्त घट्नासँग सम्बन्धित सबै अनुशन्धान प्रतिवेदनहरु सार्वजनिक गराई प्रतिवेदनहरुले शंका गरेका सबैमाथि प्रभावकारी अनुशन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसमक्ष माग गरेको छ । हत्याकाण्डको एक वर्ष बित्दापनि अझैसम्म दोषी पत्ता...
एजेन्सी, साउन १०, सियोल । उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् ।उत्तर कोरियाले बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट...
साउन १०, काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिनुभयो ।सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ...
साउन १०, काठमाडौं । फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नस् :https://www.youtube.com/watch?v=6skiONYUUf8ट्रेलरमा आर्यान सिग्देलको प्रेम जीवनमा आएको उताब चढाबलाई देखाइएको छ । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको बताइएको यो फिल्मको ट्रेलर निकै कन्फ्यूजन छ । को-कसको जोडी भन्ने छुट्याउन गाह्रो पर्छ । फ्लोरमा निस्कँदै गर्दा...
साउन १०, काठमाडौं । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्म ‘जाइरा’को आइटम गीत रिलिज गरिएको छ । शुक्रबार इन्टरनेट ‘मार्फत सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाले आवाज भरेकी छन् । पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीत रिमेक गरेर यसमा राखिएको हो । सो समय गीतमा मिरा राणाले स्वर दिएकी थिइन् ।https://www.youtube.com/watch?v=zixLuNQ4Lo0किरण खरेलले शब्द, शिवशंकरको संगीत रहेको...