-नागरिक दैनिकसाउन २३, नेपालगन्ज । ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए। केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन्। तर रूकुममा काजकिरिया गरिएको १५...
भगवती तिमल्सिना (नेपाल समाचारपत्र)साउन २३, काठमाडौं । कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा १ तर यो सपना सबै चकनाचुर पारिदियो ग्राण्डी इन्टरनेशनल अस्पतालले । पहिलो बच्चा १० बर्ष भैसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्राण्डीका डा. पवनराज पन्तसँग झण्डै डेढ बर्षदेखि सल्लाह लिँदै आएको थियो । डा. पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने...
साउन २२,
बीबीसी । जम्मू-कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् गहिरिएको छ। पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्चायुक्तलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने जनाएको छ। यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए। उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा समेत प्रतिवाद गर्ने बताए।खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको...
साउन २२,
काठमाडौं । गरे के हुन्न, यत्ति हो संघर्षबाट पछि हट्न हुन्न । यही भनाईलाई प्रमाणित गरेका छन् नेपाली युवाहरुले । नेपालीहरुको अग्रसरतामा जापानबाट सुरु भएको रारामार्ट अनलाईन सपिङ्ग यतिबेला नेपाल हुँदै अमेरिकी बजारमा समेत प्रवेश गर्ने तयारीमा छ । जापानमा पिएचडी अध्ययन गर्न गएका युवाहरु प्रकाशचन्द्र सापकोटा, डा. जीवन अंगाई, डा. भरतसिंह नेगी लगायतको अग्रसरतामा सुरुवात भएको...
साउन २२,
एजेन्सी– तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् । राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो । विस्फोटपछि प्रहरी कार्यालय क्षेत्रमा कालो धूवाँ...
साउन २२,
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुशन्धानको काम भैरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले उक्त जग्गा प्रकरणबारे आजपनि काम भैरहेको सुनाईन् । अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सिआईबी तीनवटै निकायले आ–आफ्नो...
साउन २२,
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए ।केही समय अगाडि मलेसिया र सिंगापुरमा उनले गरेको प्रदर्शनका आधारमा उनी...
साउन २२,
एजेन्सी, काठमाडौं । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो ।यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो । यस भूकम्पको...
एजेन्सी, साउन २२,
काठमाडौं । मेक्सिकोका एक मेयरले नगरवासीसँग गरेको बाचा पूरा गर्न नसक्दा अनौठो चटक देखाएका छन् । उनले आफूले आफैलाई कारबाही गर्दै महिलाको कपडा लगाएर सहरका गल्ली गल्ली घुमेका हुन् । मेयर जेवियर सजमेनेजले आफूले आफैलाई गरेको कारबाहीको एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन्।सो भिडियोमा उनीसँगै एक...
साउन २२,
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन गरेका छन् । गतसाता मात्रै कार्यभार सम्हालेका मन्त्री भट्टराईले निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका हुन्...










