बम विष्फोट १४ हुदाँ जनाको मृत्यु

63
सांकेतीक तस्विर

साउन २२,
एजेन्सी– तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् । राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो । विस्फोटपछि प्रहरी कार्यालय क्षेत्रमा कालो धूवाँ फैलिएको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयले तालिवानी विद्रोहीहरुले कार बम विस्फोट गराएको जनाएको छ । तर तालिबान लडाकूहरुले भने लामो ट्रक बम विस्फोट गराएको दाबी गरेका छन् । तालिबान लडाकूहरुको दाबीको गृह मन्त्रालयले खण्डन गरे पनि अफगानिस्तानी अधिकारीहरुले भने स्वीकार गरेका छन् । सामाजिक सञ्जालहरुमा पनि घटनासम्बन्धी फोटोहरु फैलिएका छन् । ती फोटोहरुमा ठूलो क्षति भएको देखिएको छ । अफगानी अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन् । घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन् ।