एजेन्सी, साउन २२,
काठमाडौं । मेक्सिकोका एक मेयरले नगरवासीसँग गरेको बाचा पूरा गर्न नसक्दा अनौठो चटक देखाएका छन् । उनले आफूले आफैलाई कारबाही गर्दै महिलाको कपडा लगाएर सहरका गल्ली गल्ली घुमेका हुन् । मेयर जेवियर सजमेनेजले आफूले आफैलाई गरेको कारबाहीको एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन्।
सो भिडियोमा उनीसँगै एक अर्का व्यक्ति पनि महिलाकै लुगा लगाएर उनीसँगै हिडेका छन् । मेयरले करिब १।८ करोड रुपैयाँ सरकारी सम्पत्ति दुरुपयोग गरेको स्थानीयको आरोप छ । मेयरले चुनावमा भनेका कुनैपनि कुराहरु पुरा नगरेको समेत उनीहरुको आरोप छ । मेयरविरुद्ध स्थानीयले अनेकथरी आरोप लगाउन थालेपछि ती मेयरले आफूलाई कारवाही गर्दै यस्तो कदम उठाएको जनाइएको छ ।