साउन २३,
काठमाडौं । सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् ।अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यता चाँदीको मूल्य पनि तोलामा १५...
साउन २३,
काठमाडौं । उपचारको सिलसिलामा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ। सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको हो।‘प्रधानमन्त्रीज्यूको नियमित चेकजाँच सकिएको छ र उहाँ भोलि स्वेदश फर्किँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सेतोपाटीसँग भने।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ गते ९...
साउन २३,
काठमाडौ । भारत सरकारले कस्मिर घटनाबारे नेपाल सरकारलाई काठमाडौं र नयाँदिल्लीमा जानकारी गराएको छ काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा नेपाली राजदूतलाई मन्त्रालय बोलाएर परराष्ट्र सचिवले जानकारी गराएका हुन्।‘उहाँहरूले दिल्ली र काठमाडौंमा कस्मिरबारे आफ्नो सरकारको धारणा हामीलाई भन्नुभएको छ। खासगरी भारत सरकारले के गरेको हो परराष्ट्रमन्त्री ज्ञवालीले भने। कुनै...
एजेन्सी, साउन २३,
काठमाडौं । बलिउड नायिका सोनाक्षी सिन्हाको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा उनको हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ । भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ । सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को...
बीबीसी, साउन २३,
काठमाडौं । दक्षिण एशियाका देशहरुमा औषधिलाई नै पचाउन सक्ने औलो (मलेरिया) परजिवी तीव्र रुपमा फैलिरहेको एक अध्ययनले देखाएको छ। ब्रिटेन र थाइल्याण्डका शोधकर्ताहरूले गरेको अध्ययनले मलेरियाका प्रमुख औषधिलाई प्रतिरोध गर्न सक्ने परजीवीहरू दक्षिण एशियामा तीव्र रूपमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुका अनुसार त्यस्ता परजीवी कम्बोडियाबाट लाओस, थाइल्याण्ड र भियतनाम हुँदै फैलिरहेको छ।अनुसन्धानका क्रममा ती देशहरुमा...
साउन २३,
कावासोती । नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ ।आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् ।...
साउन २३,
काठमाडौं । दक्षिण कोरियाको साउथ सुकुङ्सा प्रान्तमा भएका नेपालसहितका १३ देशका आप्रवासी कामदार समूहले ‘जापान बहिष्कार’ आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। यी समूहमा नेपाललगायत मंगोलिया, म्यान्मा, बंगलादेश, भियतनाम, श्रीलंका, उज्बेकिस्तान, इन्डोनेशिया, चीन, कम्बोडिया, पाकिस्तान र फिलिपिन्स छन्। यहाँ १४ वटा देशका आप्रवासी कामदार समूह छन् भने जापानी समूहले यस आन्दोलनमा ऐक्यबद्धता जनाएका छैन। द कोरिया टाइम्सका...
कान्तिपुर दैनिक
साउन २३, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले दक्षिणी ललितपुरको लेले, टीकाभैरव र देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा राष्ट्रिय वन र सार्वजनिक जग्गाको चरम दोहन भइरहेको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
केन्द्रले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, एसएसपी रवीन्द्रबहादुर धानुक र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, डिभिजन वन कार्यालय प्रमुखलगायतको...
अन्नपूर्ण पोष्ट
२३ साउन , काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन्। दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन्। दाहालले दिन दिनयता नेताहरूलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन्। ‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ। पार्टी नेताहरूसँगको निरन्तर आन्तरिक छलफल र...
राजधानी दैनिक
साउन २३,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् । यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने शैली पनि अपनाउन थालेका छन्...










