‘रारामार्ट’ अनलाईन सपिङ्ग यसरी बन्दैछ ग्लोबल ब्राण्ड

164

साउन २२,
काठमाडौं । गरे के हुन्न, यत्ति हो संघर्षबाट पछि हट्न हुन्न । यही भनाईलाई प्रमाणित गरेका छन् नेपाली युवाहरुले । नेपालीहरुको अग्रसरतामा जापानबाट सुरु भएको रारामार्ट अनलाईन सपिङ्ग यतिबेला नेपाल हुँदै अमेरिकी बजारमा समेत प्रवेश गर्ने तयारीमा छ । जापानमा पिएचडी अध्ययन गर्न गएका युवाहरु प्रकाशचन्द्र सापकोटा, डा. जीवन अंगाई, डा. भरतसिंह नेगी लगायतको अग्रसरतामा सुरुवात भएको रारामार्ट केही समयअघि नेपालबाट समेत सञ्चालनमा आएको छ र नेपालमा उनीहरुलाई साथ दिएका छन चर्चित उद्योगी–व्यवसायी तथा युवा उद्यमीहरुले ।

जापानमा ५० लाख जापानिज यन प्रारम्भिक लगानीबाट सन् २०१७ मा सुरुवात भएको रारामार्टले नेपालमा आक्रामक योजनाहरुसहित अगाडी बढिरहेको छ । रारामार्ट डटकम नेपाल र जापानमा मात्र नभएर ग्लोबल मार्केटको अबधारणामा अनलाइन मार्टको सुरुवात गरिएको व्यवसायी सापकोटाले रातोपाटीसँग बताए । त्यसका लागि जापानबाट इन्टरनेशनल ट्रेडमार्क समेत लिइसकेको उनको भनाई छ । सापकोटाका अनुसार हाल नेपाल र जापानमा मात्र रहेको अनलाईन सपिङ्ग रारामार्ट अब अमेरिका लगायतका मुलुकहरुमा समेत विस्तार गरिदैँछ । केही समय अघि अमेरिकको टेक्सास शहरमा कम्पनी दर्ता भईसकेको सापकोटाले बताए । उनले सन् २०२० को शुरुवातसँगै अमेरिकाबाट औपचारिक कारोबार शुभारम्भ हुने र सन् २०२१ मा भारतमा सार्वजनिक गरिने समेत जानकारी दिएका छन् । रातोपाटी