Thursday, July 30, 2026
Home Blog Page 1372
भदौं ३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा सात बुँदे लिखित असहमति 'नोट अफ डिसेन्ट' दर्ता गराएका छन्। सचिवालय सदस्यसमेत रहेका नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नु पर्ने अडान राखेका छन्। 'वरिष्ठता एवम् योग्यतालाई वेबास्ता गर्दै बिनाकुनै मापदण्ड कसैलाई जिम्मेवारीमाथि जिम्मेवारीको...
भदौ ३, ललितपुर । गोदावारी नगरपालिकामा रहेको चिजबल कारखानामा भीषण आगलागी भएको छ । गोदावरी नगरपालिकाको वडा नं। १३, झरुवाराशीमा अवस्थित गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी भएको हो।ललितपुर प्रहरीका अनुसार चार घण्टाको प्रयासपछि पनि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। तीनवटा दमकलको सहयोगमा आगो...
भदौं ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् । सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गराएका हुन्, जसमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वय देखि सबै ब्यक्तिमा लागु...
भाद्र ३, काठमाडौँ । भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति...
भदौ ३ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। थप गृहकार्य बाँकी रहेको भन्दै मंगलबार तीन बजे डाकिएको सचिवालय बैठक स्थगित भएको हो। आयोगहरूमा जिम्मेवारी तोक्ने एजेण्डासहित यो बैठक डाकिएको थियो। लामो रस्साकस्सीपछि विभागहरूको जिम्मेवारी टुंग्याएको नेकपाले केन्द्रीय आयोगहरू गठन गर्न बाँकी छ। नेकपाले जनवर्गीय संगठनहरूको पनि जिम्मेवारी टुंग्याएको छ। नेकपा विधानमा ६ वटा आयोग...
एजेन्सी, भदौ ३, काठमाडौं । बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान‍् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्। यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्।एक युजरले लेखेका छन्,- 'अब तपाई बुढी हुनुभयो।पहिलाजस्तो देखिनु भएको...
भदौ ३, काठमाडौं । प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाको टोलीले पक्राउ गरेको हो ।प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै ...
भाद्र ३, काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजना ब्यबस्थापक एनआईसी एशिया क्यापिटलले लाभांश वितरणको लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा भदौ १२ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।फण्डले २०७५।७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको...
भदौ ३, काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्रभित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए । उनको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार...
एजेन्सी, भदौ ३, काठमाडौं : कोलम्बियाको इतागुई शहरमा प्रत्येक वर्ष विश्व अल्छी दिवस मनाउने गरिएको छ । साउन २५ गते उक्त दिवस मनाइएको थियो । यो दिन मानिसहरू दिनभरि आराम गर्छन् र रमाइला प्रतियोगितामा भाग लिन्छन् । सडकमा नै ओछ्यान लगाएर उनीहरू सुतिदिन्छन् ।सन् १९८५ मा यो दिवस शुरू गरिएको थियो । तनाव घटाउनका लागि यस दिवसको...