एनआईसी एशिया ग्रोथ फण्डको लाभांश वितरणका लागि भदौ १३ मा बुक क्लोज

213

भाद्र ३,
काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजना ब्यबस्थापक एनआईसी एशिया क्यापिटलले लाभांश वितरणको लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा भदौ १२ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

फण्डले २०७५।७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको छ । फण्डले कर सहित १० प्रतिशतले हुन् आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ वितरण गर्ने भएको हो ।