थप गृहकार्य बाँकी रहेको भन्दै नेकपा सचिवालय बैठक स्थगित

149

भदौ ३
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। थप गृहकार्य बाँकी रहेको भन्दै मंगलबार तीन बजे डाकिएको सचिवालय बैठक स्थगित भएको हो। आयोगहरूमा जिम्मेवारी तोक्ने एजेण्डासहित यो बैठक डाकिएको थियो। लामो रस्साकस्सीपछि विभागहरूको जिम्मेवारी टुंग्याएको नेकपाले केन्द्रीय आयोगहरू गठन गर्न बाँकी छ। नेकपाले जनवर्गीय संगठनहरूको पनि जिम्मेवारी टुंग्याएको छ। नेकपा विधानमा ६ वटा आयोग रहने व्यवस्था छ।

नेकपामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्न बाँकी छ। सचिवालय बैठकले वरीयतामा माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय गरेपछि नेपालले असन्तुष्टि देखाएका छन्। वरीयतामा असन्तुष्टि जनाउँदै ुनोट अफ डिसेन्टु राखेका उनले मंगलबारको बैठकमा लिखित रुपमा असहमति राख्ने योजना बनाएका थिए। नेपालले तीन नेतालाई सचिवालयमा लैजान प्रस्ताव गरे पनि आइतबारको सचिवालय बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरेको थियो।