यसरी मनाइयो विश्व अल्छी दिवस

237

एजेन्सी, भदौ ३,
काठमाडौं : कोलम्बियाको इतागुई शहरमा प्रत्येक वर्ष विश्व अल्छी दिवस मनाउने गरिएको छ । साउन २५ गते उक्त दिवस मनाइएको थियो । यो दिन मानिसहरू दिनभरि आराम गर्छन् र रमाइला प्रतियोगितामा भाग लिन्छन् । सडकमा नै ओछ्यान लगाएर उनीहरू सुतिदिन्छन् ।

सन् १९८५ मा यो दिवस शुरू गरिएको थियो । तनाव घटाउनका लागि यस दिवसको शुरूआत भएको थियो । मानिसहरूले सल्लाह गरेर यो दिन निद्रा र आरामका लागि छुट्ट्याउने निर्णय लिएका थिए ।

यो दिन पसलहरू बन्द गरिन्छन् । मानिसहरू आफ्ना परिवारका सदस्यका साथ सुत्ने सबै सामान लिएर सडकमा सुत्न आइपुग्छन् । आजकल मोबाइल जीवनको अभिन्न अंग बनेकाले मानिसहरू सुत्ने कुरासँगै मोबाइल पनि लिएर जाने गरेका छन् । सडकमा रंगीचंगी ओछ्यान बनाउने गरिन्छ । अनेक किसिमका खाटहरू सडकमै बनाइने गरिन्छ