‘च च हुई’को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

250

भदौ ५,
काठमाडौं । आर्यान सिग्देल स्टारर फिल्म ‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । रोमान्टिक गीतमा आर्यान सिग्देल र मिरुना मगरको जोडी रहेको छ । गीतको भिडियो हेर्नुस् :

गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । रोमान्टिक कमेडी जनराको फिल्ममा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायांकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।