भदौ ८,
काठमाडौं । विद्युतीय सावारीसाधन निमार्ता कम्पनी बिवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले १५ ओटा चार्जिङ स्टेशन बनाएको छ।
साइमेक्सले काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ३ गरी १५ ओटा चार्जिङ स्टेशन बनाईसकेको कम्पनीका प्रोजेक्ट तथा मार्केटिङ म्यानेजर समिर श्रेष्ठले जानकारी दिए।‘उपत्यकामा पाटन, महाराजगञ्ज, रत्नपार्क, कमलादी नक्साल थापाथली, तिनकुने, सिंहदरवार लगाएतको ठाउँहरुमा १५ ओटा बनाइसक्यौ र उपत्यका बाहिर नारायणगढ...
भदौ ८,
काठमाडौं । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराए ।आइतवारको बैठकमा उनले भने, “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ कि छैन रु बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किंदैन । राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ...
एजेन्सी, भदौ ८,
टोकियो । जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ । अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वासिङ्टनमा शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘वार्तामा ठूलो प्रगति भएको छ ।’...
भाद्र ८,
काठमाडौं । बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभासको अभिनय रहेको नयाँ चलचित्र ‘साहो’को चर्चा चुलिएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ । यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलिज हुनेछ ।‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलिज गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडियाका अनुसार ‘साहो’...
भदौं ८,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले बजार अनुगमन गरेको छ । आइतबार नगरपालिकाको वडा नम्बर २ स्थित दुवाकोटमा रहेका निर्माण सामाग्रीको विक्री वितरण गर्ने पसलहरुको अनुगमान गरेको हो । उपप्रमुख विना बास्तोलाको नेतृत्वमा रहेको अनुगमन टोलीले दुवाकोट हार्डवेयर एण्ड सप्लायर्स, जय विश्वकर्मा सप्लायर्स र स्वर्णीय टेड्र्रसको अनुगमन गरेको छ । निर्माण सामाग्रीको खरिद बिक्रि मुल्य, दर्ता, सामाग्रीको तौललगायत...
भदौ ८,
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः ३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै...
भदौ ८,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि नयाँ शैक्षिक सत्र २०७६÷७७ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक तालिकामा रजिष्ट्रेशन आवेदन फाराम, रजिष्ट्रेशन प्रमाणपत्र, परीक्षा आवेदन फाराम, परीक्षाको समयतालिका, परीक्षा केन्द्र निर्धारण, प्रवेशपत्र तथा ट्रिप्लिकेट वितरण, प्रयोगात्मक परीक्षा, परीक्षा सञ्चालन, नतिजा प्रकाशन , पुनर्योग र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशन...
भदौ ८,
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राजनीतिक दलका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले नेताहरूका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताएका हुन्। रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वहाना...
भदौ ८,
काठमाडौँ । हाल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा उपचार प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको चिकित्सकहरुले बताउँदै आइरहेका छन् । मिर्गौलामा बढेको एन्टीबडी कम...
एजेन्सी, भदौ ८,
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता अनधिकृत रूपमा चलाएको विषयमा अनुसन्धान सुरु गरेको छ । सो आरोप प्रमाणित भएमा अन्तरिक्षयात्री एन म्याकक्लेन अन्तरीक्षबाट अपराध गर्ने पहिलो व्यक्ति हुनेछिन् । म्याकक्लेनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट आफ्ना पूर्वपतिको बैंक खाता हेरेको स्वीकार गरेकी छन् । यद्यपि आफूले कुनै गलत काम...










