Sunday, September 27, 2026
Home राजनीति पारशले विमानस्थलमा प्रहरीमाथि गरेको हमलाबारे सरकारको ध्याकर्षण

पारशले विमानस्थलमा प्रहरीमाथि गरेको हमलाबारे सरकारको ध्याकर्षण

225

भदौ ८,
काठमाडौं । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

आइतवारको बैठकमा उनले भने, “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ कि छैन रु बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किंदैन । राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ ।” सांसद बाँस्कोटाले लोकतन्त्र भिडतन्त्र होइन, न्यायको निसाफ न्यायलयबाट हुने चर्चा गर्दै सञ्चारकर्मी रवि लामिछानेका बारेमा सरकारको धारणा के हो रु स्पष्ट गर्न माग गरे ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले लोकतन्त्र र गणतन्त्र ल्याउन नेपाली काङग्रेस र वाम एकता भए झैँ लोकतन्त्र र गणतन्त्र बलियो बनाउन पनि दुई पार्टी एक ठाउँमा उभिन आग्रह गरे । उनले भने “काङग्रेस र वाम पार्टीबीचमा पानी बाराबारको स्थिति होइन, एक अर्काका अस्तित्व स्वीकार्य हुनुपर्छ । संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार गर्न जानुअघि सर्वदलीय बैठक आयोजना गर्नुभएकामा म धन्यवाद दिन्छु ।”