भदौ ९,
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको हो ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार...
भदौ ८,
काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा सांसद भावना सुवेदीलाई लुटेको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दका अनुसार, सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ...
भदौ ८,
काठमाडौं । बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः...
भदौ ८,
काठमाडौं । फिल्म ‘मारुनी’को ‘हानें मैले झटारो’ बोलको तेस्रो गीत सार्वजनिक भएको छ । यो गीतमा नायक पुष्प खड्का र नायिका रेविका गुरुङ फिचर्ड छन् । गीतको भिडियो हेर्नुस् :https://www.youtube.com/watch?time_continue=1&v=qcAPmzSqGrIअन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको गीतमा पुरुषोत्तम ढुंगानाको शब्द र गायक काफ्लेको संगीत रहेको छ । यो गीतमा संगीत संयोजन राजन इसानको रहेको छ । क्रिकोणात्मक लभ स्टोरी...
भदौ ८,
काठमाडौं । गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो । लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी...
भदौ ८,
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए । उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता...
भदौ ८,
भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका-९ स्थित च्यामासिंहमा एक युवक मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा आइतबार दिउँसो ३६ वर्षीय कुल बहादुर भण्डारी फेला परेका हुन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल च्यामासिंहमा बस्दै आएका थिए ।झुण्डिएको अवस्थामा शव फेला परेको सूचनामा आधारमा पुगेको प्रहरीले शव पोष्ट मार्टको लागि भक्तपुर अस्पतालामा राखिएको र...
भदौ ८,
काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत...
एजेन्सी, भदौ ८,
काठमाडौं । म्यानमारबाट विस्थापित भएका रोहिंग्या शरणार्थीहरूले बंगलादेशस्थित शिविरमा र्याली निकालेका छन्। म्यानमारमा आफ्ना आफन्तहरूविरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना र्यालीमा सहभागी भएका हुन्। सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिंग्या विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन्।...
भदौ ८,
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । र, अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश गरिएको हो...









