Thursday, July 30, 2026
Home Blog Page 1359
एजेन्सी, भदौं ९, काठमाडौं । हेजबुल्लाह समूहका प्रमुख नेताले आइतबार इजरायलविरुद्ध आक्रमणको धम्की दिएका छन् । इजरायलले हेजबुल्लाहका विभिन्न रणनीतिस्थलमाथि ‘ड्रोन आक्रमण’ गरेपछि यस्तो धम्की दिइएको हो । हेजबुल्लाहलाई इजरायल र अमेरिकाले आतंकवादी संगठन मान्छन् तर लेबनानी राजनीतिमा हेजबुल्लाह प्रमुख राजनीतिक खेलाडी हो । इरानपक्ष मानिने यो संगठन युद्धग्रस्त सिरियामा असाद सरकारको समर्थक पनि हो ।सिया आन्दोलन र इजरायलले...
एजेन्सी, भदौ ९, रमल्लाह । संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी उक्त कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ । प्यालेस्टिनी राष्ट्रपति कार्यालयका प्रवक्ता नाबिल अबु रुदैनाहले एक वक्तव्य प्रकाशन गरी अमेरिकाको पछिल्लो कदमले अमेरिकाको निरन्तर खस्कदो विदेश नीतिलाई नै प्रतिबिम्बित गरिरहेको बताएका छन् ।रुदैनाहले अमेरिकी कदमको भत्र्सना गर्दै भनेका छन्...
भदौ ९, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । भरतपुरको चौबिसकोटीमा लामिछाने समर्थक र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ ।...
भदौ ९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले आफ्ना नेता या कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने भएका छन्। सोमबार बसेको नेकपा सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही हुने निर्णय गरेको हो।बैठकपछिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यदि कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी...
भदौ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठकको नेतृत्व गरिरहेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गरका हुन्। बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ। भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट मन्त्रीहरू सहभागी छन्। र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु...
भदौ ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी छोडेर आएका देवेन्द्र पराजुली र कल्पना धमला तथा विप्लव समूहको नेकपा छोडेर आएका पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।यसअघि...
भदौ ९, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो ।‘बिहान साढे १० बजे...
भदौ ९, चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका हुन् ।नेता पौडेलले भने, ‘सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।’ पार्टीको...
भदौं ९, काठमाडौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ(फियन), कर्मचारी संचय कोषको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन प्रसाद आचार्य चयन भएका छन् । अगामी चार वर्षकालागी शुक्रबार काठमाडौमा सम्पन्न भएको अधिवेशनबाट बद्रिराज खड्का , वरिष्ठ उपाध्यक्ष दिपक भट्टराई, उपाध्यक्ष राधा कंडेल, महिला उपाध्यक्ष दिनेश बास्कोटा, महासचिव खिम बहादुर खड्का, उप-महासचिव भानुभक्त गौतम, सचिव उमेशराज भट्ट, सह-सचिव सरोजकुमार यादव,...
भदौ ९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक हो ।आजको बैठकमा महानगरपालिकाका...