सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलामा ७३ हजार ५०० पुग्यो

349

भदौ ९,
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ ।