पुष्पले रेविकालाई ‘हाने झटारो’ भिडियोमा हेर्नुहोस्

236

भदौ ८,
काठमाडौं ।  फिल्म ‘मारुनी’को ‘हानें मैले झटारो’ बोलको तेस्रो गीत सार्वजनिक भएको छ । यो गीतमा नायक पुष्प खड्का र नायिका रेविका गुरुङ फिचर्ड छन् । गीतको भिडियो हेर्नुस् :

अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको गीतमा पुरुषोत्तम ढुंगानाको शब्द र गायक काफ्लेको संगीत रहेको छ । यो गीतमा संगीत संयोजन राजन इसानको रहेको छ । क्रिकोणात्मक लभ स्टोरी फिल्ममा पुष्प र रेविकासँगै साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ । उनीहरुको साथै फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ ।

नवल नेपालले निर्देशन गरेको फिल्ममा पुनम गौतमको लगानी रहेको छ । सञ्जय लामाले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् । यो फिल्म भदौ १३ गते देखि प्रर्दशन हुँदैछ ।