पहिलो पटक प्रचण्डको अध्यक्षता सुरु भयो नेकपाको सचिवालय बैठक

284

भदौ ९,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक हो ।

आजको बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिव तथा प्रवास संगठनका बारेमा छलफल हुने बताइएको छ ।