इजरायललाई आज रातिदेखि शान्तिसँग बस्न नदिने हेजबोल्लाह समूहका प्रमुखको चेतावनी

97

एजेन्सी, भदौं ९,
काठमाडौं । हेजबुल्लाह समूहका प्रमुख नेताले आइतबार इजरायलविरुद्ध आक्रमणको धम्की दिएका छन् । इजरायलले हेजबुल्लाहका विभिन्न रणनीतिस्थलमाथि ‘ड्रोन आक्रमण’ गरेपछि यस्तो धम्की दिइएको हो । हेजबुल्लाहलाई इजरायल र अमेरिकाले आतंकवादी संगठन मान्छन् तर लेबनानी राजनीतिमा हेजबुल्लाह प्रमुख राजनीतिक खेलाडी हो । इरानपक्ष मानिने यो संगठन युद्धग्रस्त सिरियामा असाद सरकारको समर्थक पनि हो ।

सिया आन्दोलन र इजरायलले विगतमा एक अर्काविरुद्ध कयैंन युद्ध लडिसकेका छन् । पछिल्लो समय तिनले एक अर्काविरुद्ध चर्को भाषा प्रयोग गरिरहेका छन् । बेरुतमाथिको ड्रोन आक्रमण झिसमिसेमा भएको थियो । बेरुतको आक्रमण इजरायले छिमेकी सिरियामा आफुहरुविरुद्ध आक्रमणको योजना गरिरहेको इरानी षडयन्त्रलाई निष्तेज पारेको दाबीपछि आएको हो । इजरायलको आक्रमणमा दुई जना हेजबुल्लाह सदस्य मारिएको हसनले बताए । हजारौं समर्थकलाई टेलिभिजनमार्फत भाषण गर्दै हेजबुल्लाह प्रमुख हसन नसरल्लाले बेरुतको दक्षिणी भागमा भएको आक्रमण सन् २००६ मा हेजबुल्ला र इजरायलबीच भएको युद्धपछिको पहिलो यस्तो ‘शत्रुतापूर्ण कार्य’ भएको बताए ।

हसनले इजरायलको आक्रमणबाट ३३ दिने युद्ध अन्त्य गराउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले अघि सारेको प्रस्तावलाई उल्लंघन भएको बताए । त्यस युद्धमा लेबनानका १२ सय र इजरायलका १६० मानिस मरेका थिए । मर्नेमा अधिकांश सर्वसाधरण थिए । हसनले इजरायलबाट हुने भावी आक्रमण रोक्न ‘सम्पूर्ण’ प्रयास गर्ने बताए । ‘इजरायलका वायुयानले अब लेबनानभित्र आएर बमबारी गर्न सक्दैन,’ हसनले बताए । ‘सिमाना क्षेत्रमा रहेका इजरायली सेना सतर्क रहनु । आज राति तिमीहरु सचेत भएर पर्खनु,’ उनले इजरायली पक्षलाई सम्बोधन गर्दै भने ,‘यस्तो खालको आक्रमणलाई हेजबुल्लाले स्वीकार गर्छ भनेर आरामसँग नबस्नु ।’

यसअघि लेबनानी सेनाले पनि इजारायली ड्रोन लेबनानको हवाईस्थलको उल्लंघन गर्दै बेरुतको आकासमा देखिएको बताएका थिए । पछि हेजबुल्लाहले इजारायली ड्रोनले एक आवासीय भवनमा चलाइरहेको आफ्नो मिडियो सेन्टरमा क्षति पु¥याएको जानकारी दिएको छ । इजरायली सेनाले भने लेबनानको दावीमा टिप्पणी गर्न अस्वीकार गरेको छ । सन् २०११ मा सिरिया युद्ध सुरु भएदेखि इजरायलले प्यालेष्टाइनविरुद्ध सयौं मिसाइल आक्रमण गरिसकेको छ । इजरायले आफ्नो निशाना इरानी र इरानपक्षधर समूह हेजबुल्लाविरुद्ध भएको प्रष्टिकरण दिदैं आएको छ ।-Ratopati.com