Friday, July 31, 2026
Home Blog Page 1352
भदौ १२, काठमाडौं । काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका–६ रामहिटी (बौद्ध)बाट घरमा लुकाएर राखिएको रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेका महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र...
भाद्र १२, भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पाप र धर्मको ख्याल राखेर भए पनि आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको घोषणा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नवलपुरको हुप्सीकोटमा पर्यटन प्रवर्द्धन कार्यक्रममा सहभागी हुन आइपुगेका मन्त्री भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । यसैसाता पर्यटनमन्त्री भट्टराईले ७० वर्ष उमेर पुगेकाहरुलाई हवाई उडानमा...
भदौ ११, काठमाडौं । चलचित्र ‘मिस्टर नेपाली’को प्रदर्शन मिति र गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रलाई कात्तिक २९ गतेबाट रिलिज गर्न लागिएको जानकारी दिइयो । साथमा, चलचित्रमा समावेश ‘नाँचौ छम्मा छम्मा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । यो गीतको भिडियोलाई देवचुली फिल्मस्को युटुब च्यानलबाट रिलिज गरिएको हो ।यो गीतमा मिलन लामा र रीता...
एजेन्सी, भदौ १२, काठमाडौं । धूमपानले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कुरा धेरैलाई जानकारी छ। धूमपानले क्यान्सर, श्वासप्रश्वासको समस्या, मुटुरोग, पाचन प्रणालीमा समस्या जस्ता दीर्घकालीन रोग निम्त्याउनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ।अमेरिकामा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा धूमपान नगर्ने मनिसको भन्दा धूमपान गर्ने मनिसको मृत्युरदर तीन गुणा धेरै रहेको पाइएको छ। धूमपान गर्दा धुँवाको माध्यमबाट शरीरमा...
एजेन्सी, भदौ १२ लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले झन्डै पाँच साताका लागि संसद (हाउस अफ कमन्स) निलम्बन गरेका छन्। बेलायती संसदीय परम्पराअनुसार महारानीले नयाँ अधिवेशन घोषणा गर्नुअघि केही दिनलाई संसदको कामकारबाही रोकिन्छ। सरकारले तयार पारेको सम्बोधन पढेर महारानीले सुनाएपछि नयाँ अधिवेशन सुरू हुन्छ। प्रधानमन्त्री जोन्सनले बुधबार महारानी एलिजाबेथ द्वितीयलाई अक्टोवर १४ मा संसदलाई सम्बोधन गर्न अनुरोध गरेका थिए।महारानीले उनको...
भदौ १२, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् ।प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि...
भदौं १२,एजेन्सी, पाकिस्तानी अभिनेत्री महविश हयातले बलिउडको आलोचना गर्दै अभिनेत्री आलिया भट्टमाथि चोरीको आरोप लगाएकी छिन् । उनले आलियाले भर्खरै रिलीज गरेको ‘पराडा’ बोलको गीत पाकिस्तानी गीत ‘गोरे रंग’ सँग मिल्दोजुल्दो भएको बताएकी हुन् ।ट्विटरका थुप्रै प्रयोगकर्ताहरुले उक्त गीतको बारेमा थुप्रै विवादका कुरा गरेका थिए । हयातले बलिउडमाथि चोरीको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘यो धेरै नै अच्चम...
नागरिक दैनिक भदौं १२, काठमाडौं । कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ। सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो। एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन।...
अन्नपूर्ण पोष्ट भदौं १२, काठमाडौं । पाँच वर्ष अवधिमा नेपाल–भारत सीमा व्यवस्थापनमा आधा काममात्रै भएको छ। सन् २०२२ भित्र दुई देशबीच रहेको सीमांकन र सीमा विवाद टुंग्याउने लक्ष्य छ। सीमा व्यवस्थापन कार्य सन् २०१४ देखि सुरु भएको थियो। नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले तोकिएको समयमा सकिनेमा आंशका व्यक्त गरे। ‘समयमा काम सम्पन्न हुने लक्षण छैन,’ उनले भने, ‘मर्मतसम्भार, नयाँ...
नेपाल समाचारपत्र भदौं १२, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा गरिएको हस्तक्षेपको कारणसहित हाजिर हुन सर्वोच्च अदालतले आदेश दिएको छ । अस्पताल सञ्चालन गर्नको लागि भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गठित भनिएको व्यवस्थापन समितिबाट कानुनी आधार नभएको बताएको छ ।भक्तपुर नगरपालिकाको गएको साउन ३० गतेको बोर्ड बैठकले भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको हवाला दिँदै मौजुदा अस्पताल व्यवस्थापन समितिको ठाउँमा...