Sunday, September 27, 2026
Home मनोरन्जन आलिया भट्टमाथि लाग्यो चोरीको आरोप

आलिया भट्टमाथि लाग्यो चोरीको आरोप

222

भदौं १२,

एजेन्सी, पाकिस्तानी अभिनेत्री महविश हयातले बलिउडको आलोचना गर्दै अभिनेत्री आलिया भट्टमाथि चोरीको आरोप लगाएकी छिन् । उनले आलियाले भर्खरै रिलीज गरेको ‘पराडा’ बोलको गीत पाकिस्तानी गीत ‘गोरे रंग’ सँग मिल्दोजुल्दो भएको बताएकी हुन् ।ट्विटरका थुप्रै प्रयोगकर्ताहरुले उक्त गीतको बारेमा थुप्रै विवादका कुरा गरेका थिए । हयातले बलिउडमाथि चोरीको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘यो धेरै नै अच्चम लाग्दो कुरा हो । बलिउडले सधैँ पाकिस्तानको बेइज्जत गर्छ । फेरि हाम्रो गीत पनि चोर्न छोड्दैन । कपिराइट उल्लंघन र रोयल्टी पेमेन्टसँग पनि उनीहरुलाई कुनै मतलब छैन ।’

हयातले ट्विटरमा लेख्दै भनेकी छिन्, ‘अब त अति नै भइसक्यो । के हामी अब जाग्न सक्छौँ रु बलिउडको एजेन्डा के हो रु कोही यिनीहरुलाई किन रोक्न सक्दैन ।’ उनले प्रधानमन्त्री मोदीले पनि बलिउडका कलाकारलाई पाकिस्तानको विरुद्ध हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएकी छिन् ।