भदौं ११,
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंक सचेत गराएका छन् । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन् । अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेकोप्रति अचम्म मान्दै...
भदौं ११,
काठमाडौं । गृहसचिव प्रेमकुमार राईले कुनै पनि सरकारी निकायले आफ्नो अभिलेखलाई राम्रोसँग व्यवस्थापन नगरेको बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार बसेको बैठकमा सिंहदरबारको मुख्य भवन बेलायती बैठकमा रहेका आखेटोपहार लगायत राष्ट्रिय महत्वका दस्तावेज संरक्षण सम्बन्धि छलफलका क्रममा उनले यस्तो बताएका हुन् । गृहसचिव राईले कुनै पनि निकायले आफ्ना विभागीय...
भदौ ११,
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) अबको साढे तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको लागत एक खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । मूल्य अभिवृद्धि करसहित कूल लागत एक खर्ब ७५ अर्ब रहेको छ ।अन्तर्राष्ट्रिय परामर्शदाताबाट...
भदौ ११,
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित २ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका—५ घर भएका ३५ वर्षीय अजय दास र काठमाडौं महानगरपालिका—७ कुमारीगाल बस्ने महोत्तरी घर भएका २९ वर्षीय आशुतोस अधिकारी रहेका छन् ।महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र...
भदौ ११,
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ। महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो।पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेको महानगरीय...
भदौ ११,
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् । संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा...
भदौ ११,
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरिक्षण गरेका छन्।
बुधबार बिहान ७ बजे पोखरा विमानस्थल पुगेका उनले सिधै निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गरेका थिए । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनपछि मन्त्री बनेर पहिलो पटक पोखरा पुगेका उनले विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा पर्यटनमन्त्री भट्टराईले विदेशी...
भदौ ११,
एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्। कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो। राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो। पुरातत्वविदहरूले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए।हुआनचाकोमा प्रागऐतिहासिक कालका...
भदौं ११,
भक्तपुर । भक्तपुरमा आज पञ्चदान पर्व मनाईरहेका छन् । बौद्ध धर्मलम्वीहरुले बिशेस पर्वका रुपमा मनाउने यो पर्वलाई हिन्दु धर्मालम्वीले पनि त्यतिकै महत्वका साथ मनाउने चलन छ । बिशेस गरेर गुँलाँ पर्व श्रावण प्रतिपदा तिथि बाट शुरु भई भाद्र प्रतिपदा सम्म एक महिना बाजा बजाएर भक्तपुरका विभिन्न टोलमा घुम्ने चलन छ । यसै अन्तर्गत आज पञ्चदानका दिन पाँच...
एजेन्सी, भदौ ११,
इन्डोनेशिया । इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् । अडिटी सेन्ट्रलका अनुसार २७ वर्षे नुराइनीले ८३ वर्षे सुदिर्गोलाई जुलाईमा भेटेकी हुन् ।...










