Saturday, August 1, 2026
Home Blog Page 1336
भदौ २०, झापा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् । झापाको चन्द्रगढीमा शुक्रवार प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।”वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले...
भदौ २०, सुनसरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले...
भदौ २० वीरगंज । वीरगंज महानगरपालिकामा १५ वर्षीया किशोरीमाथि शुक्रबार बिहान ६ः१० बजेको समयमा एसिड प्रहार भएको छ। उनलाई १६ वर्षे सम्साद मिया तथा माजिद आलमले विद्यालय जाँदै गरेकी खातुनलाई गणेशमान चोकमा एसिड प्रहार गरेको पर्साका एसपी सोमेन्द्र सिंह राठौरले बताएका छन् ।महानगरपालिकाको वडा नम्बर ६ स्थायी घर भई वडा नम्बर ३ स्थित मामाघरमा बस्दै स्थानीय त्रिभूवन हनुमान मावि कक्षा...
-भुवन सिवाकाेटी “चाैघरे”तस्विर मात्रै पठाउनु रहेछ पठायाै कसैले हात मै थमाएर ओझेलियाेकल्पनाभन्दा परकाे आकाश खसेपछि सत्य हाे यता छटपटिएर लडेको हुँ, तिमीले पक्कै खुसी मनाएकाे हुनुपर्छतर नसम्झ भक्कानिएर लडदैमा म हारेको हैन भुकम्प आउँछ निमेशभरमा छाेडेर जान्छ कम्पनकाे भय पलभरमात्र हाेउठ्नु छ जसरी पनि उठछु सगरमाथा झैं एक दिन तिम्राे सामुन्नेमाअहिलेलाई यति भन्न चाहन्छु मेराे हत्केलाकाे जीवन भाग्य रेखामा कतै पनि खिंचिएका छैनन् पराजयकाे रेखाहरूमेराे मन दिमाख र हृदयकाे उज्यालाे आँखालाई छाेप्ने कालाे बनेकै छैन संसारमाम जित्छु...
भदौं १९, काठमाडौं । कहिले नयाँ बर्षमा, कहिलो यो दशैंमा मेलम्चीको पानी काठमाडौं आइपुग्छ भनेर आश्वासन बाँड्दै आएका सरकारी अधिकारी अहिले मौन छन् । वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामास प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने...
भदौ १९, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार र हवाइ फायर गरेको छ । झडपमा दुई–दुई प्रहरी र आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए । झडपमा प्रहरीबाट छ राउण्ड अश्रु...
भदौ १९, सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भ्रष्टाचार र गलत काम गर्नेलाई पक्राउ गरेर थुन्ने कामलाई निरन्तरता दिइने बताएका छन् । यस्ता व्यक्तिलाई थुन्न ठूला-ठूला हल बनाउनु परे पनि संघीय सरकार तयार रहेको उनले बताए ।कागजमा काम हुने र जनताले नदेख्ने सम्पूर्ण योजना छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिइएको उनले बताए । बिहीबार सप्तरीमा...
भदौ १९, काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थानका सूचना अधिकारी सुभाष भट्टराईले बताए । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने उनले जानकारी दिए ।
एजेन्सी, भदौ १९, काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले हालै सामाजिक सञ्जालमा अपलोड गरेको एउटा भिडियो भाइरल भैरहेको छ । सलमानले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफैंले शेयर गरेको भिडियो भाइरल भएको हो । उक्त भिडियोमा सलमान खानले आफैंलाई कोर्राले हिर्काएर पैसा माग्ने समूहसँग कुराकानी गरिरहेको दखिएको छ । सलमानले पहिला उनीहरुले आफैंलाई कोर्रा हानेको हेर्छन् र पछि उनीहरुकै कोर्राले उनले आफैंलाई...
एजेन्सी,भदौ १९ काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार बिहान विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कार बम बिस्फोट भएको छ। स्थानीय समयअनुसार बिहान सवा दश बजेतिर शासदरक क्षेत्रमा अमेरिकी राजदूतावास नजिकै भएको बिस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ। यसअघि सोमबार राति पनि तालिबानले काबुलमा बिस्फोट गरेको थियो। उक्त...