Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय तालिबान समुह द्धारा अमेरिकी दूतावास नजिकै बिस्फोट, कम्तीमा १० को मृत्यु

तालिबान समुह द्धारा अमेरिकी दूतावास नजिकै बिस्फोट, कम्तीमा १० को मृत्यु

136
सांकेतिक तस्विर

एजेन्सी,भदौ १९
काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार बिहान विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कार बम बिस्फोट भएको छ। स्थानीय समयअनुसार बिहान सवा दश बजेतिर शासदरक क्षेत्रमा अमेरिकी राजदूतावास नजिकै भएको बिस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ। यसअघि सोमबार राति पनि तालिबानले काबुलमा बिस्फोट गरेको थियो। उक्त बिस्फोटमा परी १६ जनाको ज्यान गएको थियो। तीमध्ये दुई जना नेपाली सुरक्षा गार्ड भएको बताइएको छ तर परराष्ट्र मन्त्रालयले त्यसको पुष्टि गरेको छैन।

अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ। १८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुन लाग्दा तालिबानले आक्रमणलाई तीव्रता दिएको छ।