दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो, भदौ २१ बाट लागू हुने

159

भदौ १९,
काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थानका सूचना अधिकारी सुभाष भट्टराईले बताए । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने उनले जानकारी दिए ।