भदौ २०,
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने बहुचर्चित हास्य टेलिश्रृंखला 'भद्रगोल' नयाँ कलाकार र नयाँ कथावस्तुका साथ आउने भएको छ । नयाँ कथावस्तुको भद्रगोल आजै शुक्रवारबाट प्रसारण हुने निर्देशक ज्योति काफ्लेले फेसबूकमार्फत जानकारी दिएका छन् । अब भद्रगोलको निर्देशन नक्कली बाबुरामको रूपमा पहिचान बनाएका काफ्ले र भद्रगोलमा बाहुन डनको भूमिकामा देखिँदै आएका अशोक धितालले संयुक्त रूपमा गर्ने भएका छन्...
भदौ २०,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन्। अध्यक्ष दाहालले आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याउँदै राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्रले मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।उनले निजी क्षेत्रलाई विश्वासमा लिएर...
भदौ २०,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । १४ दिनसम्म सिंगापुरमा उपचार गराएका प्रधानमन्त्री ओलीले विमानस्थलमा समसामयिक राजनीति र आफ्नो स्वास्थ्यबारे कुनै प्रतिक्रिया दिएनन्।यसअघि उनको सचिवालयले प्रधानमन्त्री फर्कँदाको रिपोर्टिङ गर्न पत्रकारहरूलाई विमानस्थल बोलाएको थियो। प्रधानमन्त्री ओलीले...
भदौ २०,
काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेपाल भ्रमण वर्ष शुरू गर्नुअगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने क्रममा आफ्नो यात्रा प्रभावित भएपछि मिश्रले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।'विराटनगर जान प्लेनमा बसेको १ घण्टा भयो, प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा घण्टा लाग्छ रे,...
भदौ २०,
काठमाडौं । जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको मृत्यु भएको छ । मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको हो । मुगाबे जिम्बाब्वे स्वतन्त्र भएपछि देशको पहिलो प्रधानमन्त्री निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति बनेका थिए । उनले तीन दशक देशमा शासन गरेका थिए। उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार भएको बीबीसीले उल्लेख गरेको छ...
भदौ २०,
काठमाडौं । सुनको भाउ शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोलामा १४ सय रुपैयाँ घटेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । आज शुक्रबार छापावाल सुनको मूल्य ७२ हजार रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, तेजाबी सुनको मूल्य पनि बिहीबारको तुलनामा प्रतितोला १४ सय रुपैयाँले नै घटेर शुक्रबार ७१ हजार ७०० रुपैयाँमा आइपुगेको छ । चाँदीको...
भदौ २०,
काठमाडौं । 'नेपाल आइडल २'का विजेता तथा सोही कार्यक्रमकी प्रतिष्पर्धी अस्मिता अधिकारीको युगल स्वरमा नयाँ गीत रिलिज भएको छ। उनीहरूले 'च्याप्प समाउँदै' बोलको गीत रिलिज गरेका हुन्। सार्वजनिक गीतमा कृष्ण केसीको शव्द तथा हरि लम्सालको संगीत रहेको छ। आकाश श्रेष्ठ तथा वर्षा राउतले गीतको भिडियोमा अभिनय गरेका छन्। निकेश खड्का भिडियोका निर्देशक हुन्।https://www.youtube.com/watch?time_continue=5&v=MdLtG5k_zvA
बीबीसी, भदौ २०,
काठमाडौं । सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन्। बेलायतका नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पनि स्तनपानका लागि कुनै समयसीमा...
बीबीसी, भदौ २०,
काठमाडौं । भारतको आन्ध्र प्रदेश राज्यस्थित गुन्टुर जिल्लाकी ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। येरामति मंगायम्माले बुधबार बिहान साढे १० बजे बच्चा जन्माएकी हुन्। शल्यक्रिया गरेर उनीबाट जुम्ल्याहा छोरीको निकालिएको हो। उनी नेलापर्तिपडु गाउँकी बासिन्दा हुन्।'आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ,' उनको शल्यक्रियामा संलग्न डा उमा शंकरले बिबिसीसँग भनिन्।सबैभन्दा...
भदौ २०,
काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौंमा १ जनाको मृत्यु भएको छ । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको बा १ ग ३४५६ नम्बरको ट्रकले बा ६८ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । सेनाको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइक चालकको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका...










