कविता : उदधाेष

150

-भुवन सिवाकाेटी “चाैघरे”

तस्विर मात्रै पठाउनु रहेछ
पठायाै
कसैले हात मै थमाएर ओझेलियाे

कल्पनाभन्दा परकाे आकाश खसेपछि
सत्य हाे
यता छटपटिएर लडेको हुँ,
तिमीले
पक्कै खुसी मनाएकाे हुनुपर्छ

तर नसम्झ
भक्कानिएर लडदैमा म हारेको हैन
भुकम्प आउँछ
निमेशभरमा छाेडेर जान्छ
कम्पनकाे भय पलभरमात्र हाे

उठ्नु छ
जसरी पनि उठछु
सगरमाथा झैं एक दिन तिम्राे सामुन्नेमा

अहिलेलाई यति भन्न चाहन्छु
मेराे हत्केलाकाे जीवन भाग्य रेखामा
कतै पनि खिंचिएका छैनन्
पराजयकाे रेखाहरू

मेराे मन
दिमाख र हृदयकाे उज्यालाे आँखालाई
छाेप्ने कालाे
बनेकै छैन संसारमा

म जित्छु यातनाहरू
जित्नु नै छ
सिंगाे धरातल
चाहे पहाड नै किन अबराेध नगराेस्
चाहे माहासागर नै किन बाटाे नथुनाेस्
चाहे सिंगाे आकाशले किन नथिचाेस्

म हिड्छु
निर्भिकतापूर्वक हिंडिरहेकाे छु
जतिसुकै कठिन भए पनि
अग्रगमन र शान्तिकाे पदयात्रा

योद्धा हुँ,
विराेधिहरूकाे सामुन्नेमा
मैदान छाडेको छैन
छाड्ने छ भनेर साेच्नु हुन्छ भने
गलत हुनुहुन्छ तपाईँ !!

-परिक्षक भुवन सिवाकाेटीको फेसवुकवाट
२०७६ भाद्र २०
काठमाडाै